सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको एक लाख २७ हजार ८०० पुग्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको एक लाख २७ हजार ८०० पुग्यो

अर्थतन्त्र । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २६०० रुपैयाँ वृद्धि  भएको छ । छापावाल सुन १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । 
यस्तै तेजाबी सुनको मूल्य १ लाख २७ हजार २०० रुपैयाँ पुगेको छ । 

बिहीबार चाँदीको मूल्य पनि प्रति तोला ३५ ले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस