बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआईबीले लियो विनोद चौधरीसँग बयान

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआईबीले लियो विनोद चौधरीसँग बयान

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआईबीले लियो विनोद चौधरीसँग बयान
काठमाडौं ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति विनोद चौधरीसँग बयान लिएको छ । 

सिआईबीले यसअघि सरकारी जग्गा हिनामिना गरेको आशंकासहित चौधरीमाथि अनुसन्धान सुरु गरेको भन्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो ।  

सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले चौधरी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले पक्राउ नगरी बयान लिइएको जानकारी दिएका छन् । 

बिहीबार बिहान बयानपछि पत्रकारहरुसँग कुरागर्दै उद्योगपति चौधरीले बाँसवारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा आफुलाई राजनीतिक स्टन्ड गर्न मुछिएको बताएका छन् । उनले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताएका छन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस