साल्ट ट्रेडिङ्गले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

साल्ट ट्रेडिङ्गले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

कर्पोरेट । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत २३ गते शुक्रबार ५७औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालि, काठमाडौँमा साधारणसभा डाकेको हो । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, साधारणसभाले ऋण सुविधा लिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस