विष्णु पौडेल अर्थमन्त्री नबन्ने हल्लाले सेयरबजारमा उच्च गिरावट

विष्णु पौडेल अर्थमन्त्री नबन्ने हल्लाले सेयरबजारमा उच्च गिरावट

सेयर खबर । सत्ता गठबन्धन फेरबदल भएपछि सोमबार सेयरबजार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको थियो । तर मंगलबार फेरी उच्च गिरावट देखियो । नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा झरेको छ । यो गिरावटलाई कतिपय विश्लेषकहरुले उच्च गिरावट पछिको करेक्सन भनेका छन् । 

तर लगानीकर्ताले एमाले नेता विष्णु पौडेल अर्थमन्त्री नबन्ने खबर आएपछि गिरावट आएइको मान्दछन् । किनभने यसअघि विष्णु पौडेल दुई पटक अर्थमन्त्री हुँदा सेयरबजारमा राम्रो वृद्धि भएको थियो । यहीकारण यसपटक पौडेल अर्थमन्त्री नबन्ने निश्चित जस्तै भएपछि बजारमा फेरी गिरावट आएको हो ।

सोमबार ११७.७० अंकले बढेको बजारपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिक्रीचाप बढेको देखिन्छ । यसदिन चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता सेयर खरिदबिक्री भएको छ । 

कारोबारमा आएका २४८ कम्पनीमध्ये २१३ कम्पनीको सेयरमूल्य घट्दा बजार रातै देखिएको हो । बजार घटेपनि ३३ कम्पनीका सेयरधनीले कमाएका छन भने दुई वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

लगानीकर्ताको सम्पत्ति एकैदिन एक खर्ब ११ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३१ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ । 
मंगलबार म्युचुअल फन्ड ०.६६ प्रतिशतले बढ्दा अरु सबै समूहका सूचक घटेका छ । सबैभन्दा धेरै अन्य समूह ४.३५ प्रतिशतले घटेको छ ।
जलविद्युत् समूह ४.३० र उत्पादन तथा प्रशोधन ४.२० ले घटेको छ । बैंकिङ ३.०१, विकास बैंक ३.६५, वित्त २.७५, होटल तथा पर्यटन ३.६९ र लगानी ३.४८ प्रतिशतले घटेका छन् । त्यसैगरी, जीवन बीमा समूह ३.४९, लघुवित्त १.२७, निर्जीवन बीमा २.६० र व्यापार समूह २.१५ प्रतिशतले घटेका छन् ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९बालाजु० लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ रुपैयाँ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता सेयर किनबेच भएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस