बैंकहरुले घटाए ब्याजदर

बैंकहरुले घटाए ब्याजदर

बैंक खबर । फागुन महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सोमबार मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । माघको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । औसतमा ०.४१ प्रतिशत विन्दुले ब्याजदर घटेको छ । 

माघमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ८.१७ प्रतिशत रहेकामा फगुनमा घटेर ७.७६ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि ०.३८ प्रतिशत विन्दु घटेको छ । 

बैंकिङ प्रणालीमा अधिक तरलता भएको र कर्जाको माग न्यून भएपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् । 

१६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउँदा चार वटाले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

एनएमबि बैंकले सबैभन्दा धेरै व्यक्तिगत मुद्दति निक्षेपमा ८.५ प्रतिशत र संस्थागत निक्षेपमा ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।त्यसपछि सिटिजन्स बैंक इन्टरनेशनलको व्यक्तिगत निक्षेपमा ८.२५ प्रतिशत र संस्थागत निक्षेपमा ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । 

फागुन महिनाका लागि सिटिजन्स बैंकले नै सबैभन्दा धेरै ब्याजदर घटाएको छ । माघमा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको सिटिजन्सले फागुनमा ०.९० प्रतिशत विन्दु घटाएर ८.२५ प्रतिशत तोकेको छ । 

 

                 वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)
बैंक    फागुन    माघ  फरक
सिटिजन्स बैंक इन्टरनेशनल                ८.२५    ९.१५    –०.९
कृषि विकास बैंक                ६.४४३    ७.२६    –०.८१७
नेपाल बैंक                ७.२५    ८    –०.७५
राष्ट्रिय वाणिज्य बैंक                ७.३५    ८.०७     –०.७२
स्टाण्डर्ड चार्टर्ड बैंक               ७.३५    ८.०७    –०.७२
प्राइम कमर्सियल बैंक                ७.४    ८.१    –०.७
सानिमा बैंक               ७.५१    ८.१५     –०.६४
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक              ८    ८.६    –०.६
प्रभु बैंक                ७.५    ८.०६५    –०.५६५
एनएमबि बैंक              ८.५    ९      –०.५
ग्लोबल आइएमई बैंक             ७.६    ८.१     –०.५
नबिल बैंक                ७.७५    ८.१    –०.३५
नेपाल एसबिआई बैंक               ८.१    ८.२५     –०.१५
कुमारी बैंक                ८.०१    ८.११    –०.१
सिद्धार्थ बैंक            ८     ८.१     –०.१
एनआइसी एसिया बैंक        ८     ८.०६५        –०.०६५
हिमालयन बैंक        ८.१५      ८.१५        ०
एभरेष्ट बैंक    ८       ८        ०
लक्ष्मिी सनराइज बैंक     ८       ८        ०
माछापुच्छ्रे बैंक       ८      ८        ०
औसत ब्याजदर       ७.७६        ८.१७      –०.४१

 

All financial information at your fingertips.


शेयर गर्नुहोस