नागरिक लगानीकोषको नाफा बढ्यो

नागरिक लगानीकोषको नाफा बढ्यो

बैंक खबर । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३८ प्रतिशत बढी हो । गतवर्ष पुसमा कोषको नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो ।

आम्दानी बढेपछि कोषको खुद नाफा बढेको देखिन्छ। कोषको ब्याज ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ। 

नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी घटेर २० रुपैयाँ ५५ पैसा कायम भएको छ । गतवर्ष कोषको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १५ पैसा थियो ।

कोषको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ जम्मा छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस