नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त


बैंक खबर । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि बैंकमा सीईओ पद रिक्त थियो । अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले सम्हालेकी थिइन । पन्त पनि पाण्डेयसँगै प्रतिस्पर्धामा थिइन् । 

पाण्डेय एक दशक अघि नेपाल बैंकको मुख्य प्रबन्धकबाट अवकास पाएका थिए । पछि उनी भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । 

सीईओ पदका लागि सर्ट लिष्टमा पाण्डेयसँगै समता पन्त, अशोक पौडेल, लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतम परेका थिए । 

All financial information at your fingertips.

शेयर गर्नुहोस