विश्वको आर्थिक वृद्धिदर थप खुम्चने मुद्रा कोषको प्रक्षेपण


बैंक खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.८ प्रतिसतमा सीमित रहने प्रक्षेपण गरेको छ । आइएमएफले गएको जनवरीमा यो वर्ष २.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । 

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको नयाँ खालको संकटले विश्वको अर्थतन्त्र थप खुम्चन सक्ने आकलन आइएमएफले गरेको हो । वर्षको सुरुवातमा अर्थतन्त्र सुधारोन्मुख हुँदै गएपनि मार्चमा देखा परेको बैंकिङ क्षेत्रको संकटले पूर्वानुमानमा असर पु¥याएको छ । 

आइएमएफले सन २०२४मा विश्वको अर्थतन्त्र ३ प्रतिशतले बढ्ने प्रक्षेपण पनि गरेको  छ। 

गत महिना अमेरिकाका दुई ठूला बैंकहरु सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेपछि र स्वीजरल्याण्डको क्रेडिट स्वीस बैंक समस्यामा परेपछि विश्वव्यापी रुपमा आर्थिक संकट आउनसक्ने आकलन धेरै अर्थशास्त्रीहरुले गरेका छन् । 

यस्तै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने अनुमान गरेको छ । सन् २०२४ मा नेपालको आर्थतन्त्रमा केही सुधार आई आर्थिक वृद्धिदर ५.१ प्रतिशत कायम रहने प्रक्षेपण पनि आइएमएफले गरेको छ । 

 

All financial information at your fingertips.

शेयर गर्नुहोस