बैंक अफ कोरियाले ब्याजदर स्थिर राख्यो


अन्तर्राष्ट्रिय । दक्षिण कोरियाको केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने घोषणा गरेको छ । केन्द्रीय बैंक्ले प्रमख ब्याजदर ३.५ प्रतिशत राख्ने भएको हो । सन् २०२३को जनवरीसम्म लगातार सातपटक ब्याजदर बढाएको थियो । गतवर्ष फेब्रुअरीदेखि ब्याजदर स्थिर राखेको छ ।

दक्षिण कोरिया एशियाको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो । केन्द्रीय बैंकले मुद्रास्फीतिको दबाब रहेको र घरेलु ऋण उच्च चलिरहेकाले ब्याजदर स्थिर राख्ने निर्णय गरेको बताएको छ । 

दक्षिण कोरियामा बैंकहरूले विस्तार गरेको घरेलु ऋिण जुनमा लगातार तेस्रो महिनामा बढेको छ । 

केन्द्रीय बैंकले मुद्रास्फीति दर २.४ प्रतिशत रहेको र आगामी महिना अझै तल झर्नसक्ने अनुमान गरेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस