वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

बैंक खबर । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले कात्तिक महिनामा दिँदै आएको ब्याजदर मंसिरमा घटाएका हुन् । 

बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकले ब्याजदर घटाएका छन् । एउटाले बढाएको छ भने छ वटाले स्थिर राखेका छन् । 

माछापु्च्छ्रे बैंकले मात्रै कात्तिको तुलनामा मंसिरमा ब्याजदर बढाएको छ । माछापुच्छ्रेले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिएकामा मंसिरमा ०.६१ प्रतिशत विन्दुले बढाएर १०.६० प्रतिशत पुर्याएको छ । 

नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र प्रमाइम कमर्सियल बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

एनआईसी एशिया बैंक, स्टान्डर्ड चार्र्टर्ड बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, कृषि विकास बैंक,  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक र हिमायलन बैंकले  ब्याजदर घटाएका छन् ।  
सबैभन्दा धेरै एनआईसी एशिया बैंकले २.४४ प्रतिशत र एनएमबि बैंकले १.२४ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । 

मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर निर्धारण गर्ने बैंक एनआईसी एशिया बैंक रहेको छ । यो बैंकको ब्याजदर ८.९६ प्रतिशत कायम छ । सबैभन्दा धेरै ब्याजदर माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र हिमायलन बैंकको १०.६ प्रतिशत रहेको छ । 

व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औसत ब्याजदर ९.६३१५ कायम भएको छ । कात्तिक महहिनामा यस्तो ब्याजदर ९.९६३ प्रतिशत थियो । मंसिर महिनामा संस्तागत मुद्दति निक्षेपको औसत ब्याजदर ७.५४६ प्रयितशत कायम भएको देखिन्छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस