दराजको ‘दराज ११.११’ योजनामा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

दराजको ‘दराज ११.११’ योजनामा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

बैंक खबर । सानिमा बैंकले दराजसँग दराज ११.११’ योजनामा विशेष छुट दिने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गरेमा विशेष छुट पाउने छन् ।

यो छुट योजनाको अवधिभर प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ । यो योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि हुने छ । 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २,००० रूपैयाँसम्म  छुट पाउनेछन् । यस्तै क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २,५०० रूपैयाँसम्म छुट पाउनेछन् । 

छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस