सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

इन्स्योरेन्सले साउन १ गतेदेखि १५ गतेसम्म नेपाल सरकरको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाीहरुका लागि ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता एक सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा बिक्री निष्काशन गरेको थियो । 

कम्पनीका अनुसार २७ हजार ९ सय ५ जना नेपालीले आवेदन दिएकामा ४ जनाको रद्ध भई २७ हजार ९०१ वटाको योग्य आवेदन परेको थियो । योग्य आवेदकमध्ये १० देखि ४० कित्तासम्म आवेदन दिएका ९ हजार ७४ जनाले माग अनुसार शेयर पाएका छन । उनीहरुले एक लाख ९० हजार ४६० कित्ता शेयर पाएका छन् । यस्तै ५० देखि ३ हजार कित्तासम्म आवेदन दिएका १८ हजार ८२७ जनाले न्यूनतम ४० कित्ताका दरले ७ लाख ५३ हजार ८० कित्ता र त्यसपछि बाँकी रहेको १६ हजार २८० कित्ता शेयर एक हजार ६२८ भाग्यमानी आवेदकले १० कित्ताका दरले पाएका छन् । 
आईपीओमा आवेदन दिएका आवेदकले ५० कित्तासम्म शेयर पाएका छन् । 
 

All financial information at your fignertips.


शेयर गर्नुहोस