अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा घटेकाले शेयरबजार प्रभावित, नेप्से ३८ अंकले घट्यो

अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा घटेकाले शेयरबजार प्रभावित, नेप्से ३८ अंकले घट्यो

बैंक खबर । शेयरबजारलाई बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले रोक्न सकेन । केही दिनदेखि शेयर लगानीकर्ता सूचीकृत कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरण पर्खिरहेका थिए । यहीकारण बजार साइडवेज जस्तै थियो । तर आइतबार धेरै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक भइसक्दा पनि बजरले सकारात्मक बाटो लिन सकेन । 

बजार परिसूचक नेप्से ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ । कारोबारमा आएका २१९ कम्पनीमध्ये १९७ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । २० कम्पनीका शेयरधनीले कमाएका छन् । बाँकी दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

गत आर्थिक वर्षमा धेरै बैंकहरुको नाफा बढे पनि प्रतिशेयर आम्दानी र वितरणयोग्य मुनाफामा कमि आएका कारण बजार दबाबमा परेको विश्लेषण गरिएको छ । 

आइतबार दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ५६ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३० खर्ब १५ अर्बमा झरेको छ । 

कारोबारमा आएका १३ वटै उपसमूह घटेका छन् । सबैभन्दा धेरै होटल तथा प्रशोधन समूह ३.५९ प्रतिशतले घटेको छ । त्यसपछि फाइनान्स समूह ३.४३ प्रतिशत, विकास बैंक २.५० प्रतिशत, जीवन बीमा २.०९ प्रतिशत, निर्जीवन बीमा २.०५ प्रतिशतले घटेका छन् । यस्तै, जलविद्युत समूह १.९७ प्रतिशत, बैंकिङ १.७० प्रतिशत, लघुवित्त १.६० प्रतिशत, उत्पादन तथा प्रशोधन १.४७ प्रतिशत, लगानी १.२२ प्रतिशत, अन्य १.१० प्रतिशत र म्युचुअल फण्ड १.०५ प्रतिशतले घटेका छन् । 

बजार घटेपनि आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बजार बन्द हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशतले शेयरमूल्य बढेको छ । 

प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सर्वाधिक ९.५९ प्रतिशत गुमाएका छन् । यसपछि अभियान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.०४ प्रतिशत गुमाएका छन् । 

यसदिन सानिमा बैंकको सर्वाधिक १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको पनि १२ करोड २१ लाख रुपैयाँ र एनआईसी एशियाको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 
 

All financial information at your fingeritps.


शेयर गर्नुहोस