बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य  गरिने

अर्थतन्त्र । सरकारले बैंका खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । 

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

नीति तथा कार्यक्रममा ‘आगामी तीन वर्षभित्र स्थायी लेखा नम्बर, बैंक खाता, सवारी चालक अनुमति पत्र, जग्गाधनी पूर्जा जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गर्ने’ उल्लेख छ । 
 

All finanincial information at your fingertips.


शेयर गर्नुहोस