बैंकहरुको सीडी रेसियो ८५ प्रतिशतभन्दा तल झर्यो

बैंकहरुको सीडी रेसियो ८५ प्रतिशतभन्दा तल झर्यो

बैंक खबर । बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशतभन्दा तल झरेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरुको सीडी रेसियो ८४.९२ प्रतिशतमा झरको छ । 

उच्च ब्याजदरका कारण बैंकमा कर्जाको माग घट्दै गएपछि सीडी रेसियो घट्दै गएको बैंकरले बताएका छन् । यस्तै बैंकहरु कर्जा असुलिमा बढी केन्द्रित भएका कारण पनि कर्जा प्रवाहको आकार कम हुँदै गएको देखिन्छ । 

सीडी रेसियो घटेपछि बैंकहरु अहिले कर्जा लगानी गर्न सहज अवस्थामा देखिएका छन् । आर्थिक वर्षको सुरुमा ९० प्रतिशत हाराहारी पुगेको सीडी रेसियो अहिले घट्दै गएको छ । 

राष्ट्र बैंकका अनुसार बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८८ अर्ब पुगेको छ भने कुल कर्जा लगानी ४८ खर्ब ४५ अर्ब रहेको छ । यसमध्ये वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३८ अर्ब रुपैयाँ र कुल कर्जा ४२ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस