आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

अर्थतन्त्र । सरकारले आज अपरान्ह चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम टेबुल गरेपछि राष्ट्रपति पौडेलले प्रस्तुत गर्नेछन् । 

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आजै प्रतिनिधि सभा र रष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्नेछन् । 

सरकारले हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनै पर्ने व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रचलन छ ।  

All financial information at your fingertips.


शेयर गर्नुहोस