चार दिनका लागि ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक

चार दिनका लागि ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक

२०८२ असार २९ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (असार २९ गते आइतबार) बैंकिङ प्रणालीमा रहेको ५० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत चार दिनका लागि सो पैसा तान्न लागेको हो । 

निक्षेपको साँवा तथा ब्याज साउन १ गते भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन गर्न सक्नेछन् ।


शेयर गर्नुहोस