ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्यचौकीमा बेबी वार्मर प्रदान

बैंकको खबर । ज्योति विकास बैंकले काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ स्थित मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्न उद्देश्यले बैंकले आफ्ना शाखा नहुने स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ।
बेबी वार्मर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ । ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको जनाएको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।