नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश वितरण गर्ने

२०८१ मंसिर १९ गते बुधबार । 

बैंकको खबर । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।

मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

सञ्चालक समितिले प्रस्ताव गरेको कुल लाभांशमध्ये ३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ६.८५ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस