मुद्रास्फीति नियन्त्रण गर्न मौद्रिक नीतिमा कडाई गर्दै बंगलादेशको केन्द्रीय बैंक

मुद्रास्फीति नियन्त्रण गर्न मौद्रिक नीतिमा कडाई गर्दै बंगलादेशको केन्द्रीय बैंक

बैंकको खबर । बंगलादेशको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न मौद्रिक नीतिमा कडाई गर्न लागेको छ । मुद्रास्फीति नियन्त्रणमा सरकारलाई सघाउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।

बंगलादेश बैंकका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिएका हुन् । उनले अवको एक महिनाभित्र दुई पटकसम्म नीतिगत दर बढाउन सकिने संकेत गरेका छन् । उनले भने ‘हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ।’ 

केन्द्रीय बैंकले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैंकले मुद्रास्फीतिलाई नियन्त्रण बैंकहरुका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट) ५० आदार बिन्दुले बढाएर नौ प्रतिशत पुर्याएको थियो । 

बंगलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा बढेर ११.६६ प्रतिशत पुगेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस