शेयर बजार २० अंकले घट्यो, किन रुचाएन नयाँ अर्थमन्त्रीलाई ?

शेयर बजार २० अंकले घट्यो, किन रुचाएन नयाँ अर्थमन्त्रीलाई ?

बैंक खबर । सेयर बजार परिसूचक नेप्से आइतबार घटेर बन्द भएको छ । गएको साता साढे ६ अंकले घटेको बजार यस साताको पहिलो कारोबार दिन नै २० अंकले घटेर १८ सय ८८.५५ विन्दुमा झरेको छ । 
कारोबारमा आएका सबै उपसमूहहरु घटेका छन् । 

बजारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ । 

नेप्से घटेपनि २३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । १८९ कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा नेप्सेमा गिरावट देखिएको हो । चार वटा कम्पनीको शेयरमूल्य भने स्थिर छ । 

कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बजार बन्द हुँदा यो कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । 
सर्वाधिक घटनेमा स्वाभिमान लघुवित्त ८.५% प्रभु बैंक डिबेन्चर २०८७ रहेका छन् । यि दुवैको क्रमशः ९.६१ प्रतिशत र ९.६० प्रतिशतले मूल्य घटेको छ । 

पछिल्लो समय अर्थतन्त्रको आन्तरिक क्षेत्र समस्यामा रहेकाबेला लगानीकर्ताले अर्थमन्त्रालय सम्हाल्न आउने अर्थमन्त्रीको आचरणले बजारको भविश्य निर्धारण हुने अपेक्षा राखिएका थिए । नेपाली कांग्रेसबाट प्रकाशसरण महत अर्थमन्त्री बनेपछि उनले पदभार ग्रहण गर्दैगर्दा शेयर बजार लगायन समग्र अर्थतन्त्रको उत्थानका लागि राष्ट्र बैंकसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । यद्यपी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग समन्वय हुनेकुरामा लगानीकर्ताले आशंका गर्दा बजारले नकारात्मक प्रतिक्रिया दिएको विश्लेषण गरिएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस