भारतमा साइबर हमलाका कारण ३०० बैंकको भुक्तानी प्रणाली प्रभावित

भारतमा साइबर हमलाका कारण ३०० बैंकको भुक्तानी प्रणाली प्रभावित

नयाँदिल्ली, साउन १७ । साइबर आक्रमणका कारण भारतमा करिब तीन सय साना बैंक तथा वित्तीय संस्थाको बैंकिङ सेवा ठप्प भएको छ । साइबर आक्रमण टेक्नोलोजी सेवा प्रदायक सी–एज टेक्नोलोजीमा भएको थियो । सी–एजले देशभरका साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउँछ ।

साइबर हमलाले एसबीआई र टीसीएसको संयुक्त उद्यम सी–एज टेक्नोलोजीमा निर्भर सहकारी बैंक र ग्रामीण क्षेत्रीय बैंकका ग्राहकहरूलाई असर गरेको छ । जसका कारण ग्राहकले एटीएमबाट नगद झिक्न पाएका छैनन् । उही समयमा, यूपीआई मार्फत रकम स्थानान्तरण गर्न पनि ग्राहकले पाएका छैनन् । 

यस सम्बन्धमा भारतीय रिजर्भ बैंक (आरबीआई) र सफ्टवेयर कम्पनीबाट कुनै बयान आएको छैन, न त कुनै आर्थिक क्षतिको रिपोर्ट आएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस