मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली

मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ४  । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन कठोर मौद्रिक नीति आउन नहुने बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिएका हुन् । 

प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए । उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै प्रधानमन्त्री नबनेको स्पष्ट पारेका छन् । 

निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेकाले मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । उनले करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने बताए । 

All financial information at your fingertips.


शेयर गर्नुहोस