रिलायन्सको आईपीओ निष्काशन रोकियो

रिलायन्सको आईपीओ निष्काशन रोकियो

सेयर खबर । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तत्कालका लागि रोकिएको छ । नेपाल धितो पत्र बोर्डले तत्कालका लागि आईपीओ निष्काशन रोक्ने निर्णय गरेको हो । 

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत बढी मूल्यमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आरोप लागेको छ । सोही विषयमा मंगलबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सात दिनभित्र सेयर निष्काशन बारे जानकारी दिन बोर्डलाई पत्र लेखेको छ । 

लेखासमितिले स्पष्टिकरण सोधेपछि बोर्डले तत्कालका लागि आईपीओ निष्काशन रोक्ने निर्णय गरेको हो । 

रिलायन्स स्पिनिङ मिल्सले यही असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशनको तयारी गरेको थियो । 
 

All financial information at your fignertips.


शेयर गर्नुहोस