नेप्से परिसूचक ४.५९ अंकले घट्यो

नेप्से परिसूचक ४.५९ अंकले घट्यो

सेयर खबर । सेयरबजारमा नेप्से परिसूचक आइतबार पनि घटेको छ । नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले घटेर दुई हजार ७३ दशमलव १९ मा बन्द भएको छ । 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले घटेर तीन सय ६८ दशमलव १८ मा झरेको छ ।

पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ रुपैयाँ बराबरको एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता सेयर किनबेच भएको छ । 

इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । 

बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स सात दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर पाँच दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ५२ प्रतिशतले गुमाएका छन् । 

कारोबारमा आएका दुई सय ४७ कम्पनीमध्ये एक सय ४७ वटाको सेयरमूल्य घटेको छ भने ९७ वटाको बढेको छ । तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस