आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन
![आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन](http://bankkokhabar.com.np/images/news/1714895474_ime life.jpg)
बीमा खबर । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । अब इन्स्योरेन्सले २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्नेगरी लाभांश प्रस्ताव संशोधन गरेको हो ।
यसअघि इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको इन्स्योरेन्सले बताएको छ।
प्रस्तावित नयाँ लाभांश प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All financial information at your fingertips.