साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंक खबर । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज (२०८० चैत ८ गते) अन्तिम दिन रहेको छ। साल्ट ट्रेडिङ्ग कर्पोरेशन भोली चैत ९ गते सेयरधनी दर्ता किताब बन्द गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

साल्ट ट्रेडिङ्गले चैत २३ गते, शुक्रबार, त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालि, काठमाडौँमा ५७ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो दिन बिहान ११ बजेबाट साधारणसभा शुरु हुने कम्पनीले जनाएको छ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

साधारणसभाले ऋण सुविधा लिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस