कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशत घट्यो बैंकको खबर १२ महिना पहिले बैंक खबर । कामना सेवा विकास बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.९३ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७८/७९मा ५९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्ष २०७९/८०मा ४३ करोड १२ लाख रुपैयाँ कमाएको छ । बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरिमेन्ट चार्जेज र सञ्चालन खर्च तथा गैर सञ्चालन खर्च बढेकाले नाफामा गिरावट आएको देखिन्छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब १६ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा भन्दा ८.६५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले एक अर्ब ९९ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन मुनाफा २०.०५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ८६ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकामा गत आर्थिक वर्षमा जम्मा ६९ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको इम्पेरिमेन्ट चार्जेज ७६.१० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २८ करोड ४१ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएकामा गत आर्थिक वर्षमा ५० करोड ३ लाख रुपैयाँ छुट्याउनु परेको छ । गत आर्थिक वर्ष बैंकको निक्षेप १५.६० प्रतिशतले बढेर ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ४६ अर्ब २५ करोड ६० लाख रुपैयाँ निक्षेप थियो । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको वृद्धि कम छ । गत आर्थिक वर्षमा बैंकले जम्मा ३.६६ प्रतिशत कर्जा प्रवाह बढाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ४२ अर्ब ३६ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा गत आर्थिक वर्षमा ४३ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ प्रवाह भएको छ । तीन अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४६ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।बैंकको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ३०.०१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १८ रुपैयाँ ७८ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १३ रुपैयाँ १४ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २४.८८, नेट वर्थ एक सय ४६ रुपैयाँ ४६ पैसा र वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना २०७९ चैत महिनाका लागि सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक १२ महिना पहिले कर्णाली डेभलपमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक १२ महिना पहिले चिलिमे जलविद्युतले जम्मा गर्यो शेयरधनीको हितग्राही खातामा ७.५ प्रतिशत बोनस शेयर १२ महिना पहिले