माछापुच्छ्रे बैंकको नाफामा सुधार, लाभांश क्षमता १५ प्रतिशत बैंकको खबर १२ महिना पहिले बैंक खबर । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८÷७९मा १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको ऋण लगानी घटेपनि नाफा बढेको देखिन्छ । बैंकको निक्षेप ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब पुगेको छ भने कर्जा लगानी १.६४ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब रुपैयाँ कायम छ । तरपनि ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा नाफामा सुधार आएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ गरेको छ । यस्तै सञ्चालन मुनाफा पनि ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख कायम छ । बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत विन्दुमा पगेको छ भने इम्पेरिमेन्ट चार्जेज ८२ करोड रुपैयाँ पुगेको छ । १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ । यस्तै वितरण योग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ । सार्थ, प्रतिशेयर वितरणयोग्य मुनाफा पनि उल्लेख्य वृद्धि भई १५ रुपैयाँ २९ पैसा देखिन्छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५ पैसा, मुल्य आम्दानी अनुपात १२।८४ गुणा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १० प्रतिशत, कस्ट अफ फण्ड ८.०७ प्रतिशत र आधार दर १०.७४ प्रतिशत रहेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना २०७९ चैत महिनाका लागि सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक १२ महिना पहिले कर्णाली डेभलपमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक १२ महिना पहिले चिलिमे जलविद्युतले जम्मा गर्यो शेयरधनीको हितग्राही खातामा ७.५ प्रतिशत बोनस शेयर १२ महिना पहिले