राष्ट्र बैंकले वित्तीय प्रणालीबाट फेरी २० अर्ब तान्दै बैंकको खबर १२ महिना पहिले बैंक खबर । रिभर्स रिपोमार्फत ४० अर्ब रुपैयाँ प्रशोचन गर्दासमेत वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहेपछि नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत सो रकम प्रशोचन गर्न लागेको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २९ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । निक्षेप संकलनका लागि आज (असार २८ गते) दिउँसो तीन बजेसम्म अनलाइन बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । असार २८ गते निष्काशन हुने यो निक्षेप संकलन उपकरण साउन २६ गते परिपक्व हुने छ । यो निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेप संकलन बोलकबोल भनेको के हो ? बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै १२ महिना पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य १२ महिना पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता १२ महिना पहिले