सुनचाँदीको मूल्य आज पनि बढ्यो


२०८२ जेठ ८ गते बिहीबार । 

बैंकको खबर । नेपाली बजारमा आज (जेठ ८ गते बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँ बढेको छ । 

बजारमा आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला २०२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस