९ वटा वाणिज्य बैंकको नाफा घट्यो, ११ वटाको बढ्यो, कुनले कति कमाए ?
२०८२ वैशाख ७ गते आइतबार ।
बैंकको खबर । चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन एक वर्ष अघिको तुलनामा १.४० प्रतिशत धेरै हो । गत आथिक वर्षको सोही अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ नाफा कमाएका थिए ।
यसअवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने नौ वटाको घटेको छ । सबैभन्दा धेरै नबिल बैंकले पाँच अर्ब पाँच करोड रुपैयाँ कमाएको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब ५४ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकले चार अर्ब ५३ करोड रुपैयाँ कमाएको छ ।
नेपाल बैंकको नाफा सबैभन्दा धेरै २०२३.८० प्रतिशत बढेको छ । सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले १५ करोड ७६ लाख रुपैयाँ कमाएको छ । एनआईसी एशियाको नाफा गत वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत घटेको पनि छ ।
वाणिज्य बैंकहरुको नाफा (रु हजारमा) |
|||
बैंकको नाम |
२०८१ चैत |
२०८० चैत |
फरक (प्रतिशत) |
नबिल बैंक |
५,०५१,४१९ |
५४,६६८,०२९ |
८.२१ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
४,५४०,००५ |
३,२७५,२७७ |
३८.६१ |
ग्लोबल आइएमई बैंक |
४,५३४,०९९ |
३,३०६,५५२ |
३७.१२ |
एभरेष्ट बैंक |
३,४५७,६३६ |
२,६०८,४६४ |
३२.५५ |
नेपाल बैंक |
२,७८३,४९४ |
१३०,५०९ |
२०२३.८० |
एनएमबि बैंक |
२,३७३,२८९ |
२,२४१,५९५ |
५.८८ |
प्राइम कमर्सियल बैंक |
२,२२९,३०४ |
२,८७८,७४६ |
–२२.५६ |
स्टान्डर्ड चार्टर्ड बैंक |
२,१७३,७७६ |
२,४४७,१२२ |
–११.१७ |
प्रभु बैंक |
१,८७६,०६० |
१,८१२,४५८ |
३.५१ |
कृषि विकास बैंक |
१,८४४,३६० |
२,०५३,१६६ |
–१०.१७ |
सिद्धार्थ बैंक |
१,६६८,२६० |
१,६८४,०९० |
–०.९४ |
सानिमा बैंक |
१,६५२,४७६ |
१,४३९,४४२ |
१४.८० |
लक्ष्मि सनराइज बैंक |
१,६५२,१६३ |
१,६१५,९०३ |
२.२४ |
राष्ट्रिय वाणिज्य बैंक |
१,२०४,३७० |
२,३७४,८२३ |
–४९.२९ |
नेपाल एसबिआई बैंक |
१,२०३,२६१ |
१,१६४,१७७ |
३.३६ |
माछापुच्छ्रे बैंक |
१,१०२,६२७ |
८५५,४४६ |
२८.८९ |
सिटिजन्स बैंक इन्टरनेशनल |
९६१,८९३ |
१,२११,४१६ |
–२०.६० |
हिमालयन बैंक |
५००,०४८ |
१,९४८,१८१ |
–७४.३३ |
कुमारी बैंक |
२८५,८२३ |
१,०५२,७९४ |
–७२.८५ |
एनआईसी एशिया बैंक |
१५६,७७५ |
१,९१४,८९१ |
–९१.८१ |
जम्मा नाफा |
४१,२५१,१३८ |
४०,६८३,०८१ |
१.४० |