मौद्रिक नीति समीक्षा, असल कर्जाको नोक्सानी व्यवस्था घटाइयो (पूर्णपाठ) बैंकको खबर २ महिना पहिले २०८१ फागुन १३ गते मंगलबार । बैंकहरुको आम्दानी बढ्ने बैंकको खबर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अधिकांश नीतिगत व्यवस्थाहरुलाई यथावत राखेको छ । तर असल कर्जाको नोक्सानी व्यवस्था घटाएको छ । असल ऋणमा गर्दै आएको नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ । नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ । नन डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीकाके विद्यमान १५ प्रतिशतकाके सीमालाई बढाएर २० प्रतिशत पु¥याएको छ । व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशतमा झरेको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले