वैदेशिक रोजगार बचतपत्र बिक्री गरी झण्डै एक अर्ब ऋण उठाउँदै सरकार बैंकको खबर १२ महिना पहिले बैंक खबर । सरकारले नेपाल राष्ट्र बैंक मार्फत वैदेशिक रोजगार बचतपत्र बिक्री गरी झण्डै एक अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८५ निष्काशन गरी ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरमा सो बचतपत्र पाँच वर्षका लागि बिक्री गर्न लागेको हो । बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा दश हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिनसकिने बैंकले जनाएको छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफ्नो परिवारको सदस्या (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरीद गर्न सक्नेछन् । २०८० जेठ २४ गतेदेखि जारी भई २०८५ जेठ २४ गते परिपक्व हुने बचतपत्रको विक्री खुल्ला २०८० वैशख १७ गतेदेखि २०८० जेठ १७ गतेसम्म हुनेछ । बचतपत्रको ब्याज भुक्तानी ६/६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले