सूनको मूल्यमा उच्च वृद्धि


२०८१ माघ ३ गते बिहीबार । 

बजार । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार २०० रुपैयाँ बढेको छ भने चाँदी ५० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो माघ २ गते बुधबार, छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको कारोबार प्रतितोला एक हजार ८० रुपैयाँमा भएको छ । हिजो बुधबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस