सेयरबजारमा नेप्से परिसूचक २५ सयभन्दा तल झर्यो
बैंकको खबर । सेयर बजार आज (२०८१ असोज ८ गते) मंगलबार पनि घटेको छ । नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा झरेको छ ।
पाँच अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४४ कम्पनीमध्ये २३३ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । १० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटाको स्थिर रहेको छ ।
यसदिन हिमायलन हाइड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनीको १८ करोड ४१ लाख रुपैयाँ बराबरको भएको छ ।
यसदिन सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा चार दशमलव ६० प्रतिशतको भएको छ ।