सेयरबजार करिब स्थिर, लगानीकर्ता पर्ख र हेरको अवस्थामा


२०८२ असार २४ गते मंगलबार ।
बैंकको खबर । सेयरबजार मंगलबार करिब स्थिर रहेर बन्द भएको छ । कारोबार मापक नेप्से परिसूचक जम्मा ०.१४ अंकले घटेको छ । कारोबार भएका २४८ कम्पनीमध्ये १३३ वटाको सेयरमूल्य बढ्दा ११५ वटाको घटेको छ । तर पनि सूचकमा धेरै गिरावट भएन । 

कारोबार रकम भने हिजोअस्तिको तुलनामा घटेको छ । मंगलबार ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच भएको छ । 

सूचीकृत १३ वटा समूहमध्ये बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, म्युच्युअल फण्ड र अन्य समूह घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशत बेको छ । विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र ब्यापार समूह पनि बढेका छन् । 

बुटवल पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढेको छ । रसुवागढी हाइड्रो पावरको सेयरमूल्य सबैभन्दा धेरै ५.०८ प्रतिशत घटेको छ । 

नेपाल रिइन्स्योरन्स कम्पनीको सेयरकारोबार सबैभन्दा धेरै ५१ करोड ६७ लाख रुपैयाँको भएको छ ।

शेयर गर्नुहोस