एघार महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स
बैंकको खबर । यस आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।
२०८२ जेठ महिनामा मात्रै एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गतवर्ष जेठमा एक खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ भित्रिएको थियो ।
यस आर्थिक वर्षको ११ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष ११ महिनामा अमेरिकी डलरमा ९ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० थियो ।