ल्हेन्दे खोला बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता
रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीमा परेर तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नौ जना नेपाली नागरिक र छ जना चिनियाँ नागरिक छन् ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार हालसम्म नौ जनाको सकुशल उद्धार गरिएको छ भने बाँकी ११ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।
बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सक्रिय रहेको छ ।
बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुल बगाएको छ भने स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डका विभिन्न भागमा क्षति पु¥याएपछि यातायात सेवा अवरुद्ध भएको छ ।
यस्तै, बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पु¥याएको छ । त्यस्तै, टिमुरेमा रहेको भन्सार यार्ड र त्यसमा पार्क गरिएको मालवाहक ट्रकहरू समेत बाढीबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।
बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।