असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक


२०८२ असार २४ गते मंगलबार ।

बैंकको खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक ८ प्रतिशत ब्याज दिनेगरी १० वर्ष अवधिको शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री गर्न लागेको हो।

बैंकले १ अर्ब रुपैयाँ बराबरको एक हजार अंकित दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 

ऋणपत्रको निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने ढिलोमा साउन १४ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। 

ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। जसले  वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

शेयर गर्नुहोस