सेयरबजारमा करेक्सन


२०८२ असार २३ गते सोमबार । 

बैंकको खबर । लगातार ६ करोबार दिन बढेको सेयरबजारमा सोमबार करेक्सन देखिएको छ । कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ३५ अंकले घटेर दुई हजार ६८४ विन्दुमा झरेको छ । 

आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बराबरको एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४८ कम्पनीमध्ये २०९ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा देखिएको हो । यद्यपी यसदिन ३९ कम्पनीको सेयरमूल्य भने घटेको छ । 

होटल तथा पर्यटन समूह ०.६१ र म्युचुअल फण्ड ०.०७ प्रतिशतले बढेको छ भने अरु सबै समूह घटेका छन् । बैंकिङ समूश ०.७९ प्रतिशत, विकास बैंक ०.८१, फाइनान्स ३.७६, जलविद्युत् १.०२ र लगानी ०.७६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, लघुवित्त ०.७०, निर्जीवन बिमा ०.६६, व्यापार १.२५ र अन्य १.१५ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको  ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

शेयर गर्नुहोस