राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब तान्दै


२०८२ असार २२ गते आइतबार । 

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (२०८२ असार २२ गते आइतबार) पनि बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ तान्ने भएको छ । 

बैंक तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसक्दा प्रणालीमा पैसा थुप्रिदै गएको छ । त्यसैले केन्द्रीय बैंकले बजारबाट पैसा तान्दै अधिक तरलाता नियन्त्रण गर्दै आएको छ । 

केन्द्रीय बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत ४२ अर्ब रुपैयाँ तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलकबोल गर्न सक्नेछन् । 

आजै निष्काशन हुने यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ १ गते हुने केन्द्रीय बैंकले जनाएको छ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलन उपकरणको बोलकोबालमा वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मात्र सहभागी हुन पाउनेछन् । 

शेयर गर्नुहोस