एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार


२०८२ असार २० गते शुक्रबार ।

बैंकको खबर । एभरेष्ट बैंकले मधेस प्रदेशको महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं। १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यससँगै मधेस प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको बैंकले जनाएको छ ।

शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ । यस्तै यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

बर्दिबास नगरपालिकाका मेयर प्रहलादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन संयुक्तरुपमा गरेको बैंकले जनाएको छ । सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उपस्थिती थियो ।

एभरेष्ट बैंकले देशभर १३३ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६८ एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नया दिेल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।। 

शेयर गर्नुहोस