सेयरबजारमा गिरावट, नेप्से परिसूचक करिब १४ अंक घट्यो
२०८२ वैशाख ३१ गते बुधबार ।
बैंकको खबर । सेयरबजार पछिल्लो चार कारोबार दिनदेखि लगातार घटिरहेको छ । बुधबार पनि बजार घटेको छ । कारोबार मापक नेप्से परिसूचक १३.९६ अङ्कले घटेर दुई हजार ६२०.२७ को विन्दुमा झरेको छ ।
आठ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ बराबरको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका दुई सय ४६ कम्पनीमध्ये एक सय ८३ वटाको सेयरमूल्यमा गिरावट आएको छ । ६२ कम्पनीका सेयरधनीले भने कमाएका छन् । मात्रिभूमि लघुवित्तको सेयरमूल्य भने हिजोको तुलनामा स्थिर रहेको छ ।
सूचीकृत १३ समूहमध्ये विकास बैंक र अन्य समूह बाहेक सबै घटेका छन् । विकास बैंक समूह १.१९ प्रतिशत र अन्य समूह २.४६ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै जलविद्युत समूह १.९६ प्रतिशत घटेको छ । त्यसपछि होटल तथा पर्यटन समूह १.५४ प्रतिशत, निर्जीवन बीमा १.३९, लगानी १.०८, उत्पादन तथा प्रशोधन ०.९२, जीवन बीमा ०.८६, ब्यापार ०.६९, बैंकिङ ०.४९, लघुवित्त ०.२६, फाइनान्स ०.२१ र म्युचुअल फण्ड ०.१९ प्रतिशत घटेको छ ।
ओम मेगाश्री फार्मासिटिकल्सको सेयरमूल्य ९.९८ प्रतिशत बढेको छ । यो कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।
गुराँस लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशत घटेको छ । त्यसपछि नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ९.७१ प्रतिशत र बाराही हाइड्रोपावरको सेयरमूल्य ९.२६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ५९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार पुँजीकरण ४३ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण १४ खर्ब ५७ अर्ब रुपैयाँ छ ।