अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, जेठमा कुन बैंकको ब्याजदर कति ?


२०८२ वैशाख ३१ गते बुधबार । 

बैंकको खबर । अधिकांश वाणिज्य बैंकहरुले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । 

तर औसतमा जेठ महिनाको ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर जेठमा औसत ५.९४ प्रतिशत कायम भएको छ । वैशाखमा औसत ब्याजदर ५.९८ प्रतिशत कायम भएको थियो । 

जेठ महिनाका लागि १४ वटा वाणिज्य बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन भने तीन वटाले घटाएका छन् । 

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर सस्तो छ । कर्जा प्रवाहको वृद्धि न्यून छ । ब्याजदर घटाउँदै जाँदा पनि कर्जा प्रवाह हुन नसक्नुको मुख्य कारण बैंकहरुले नीतिगत व्यवस्था भएको बताउँदै आएका छन् । 

जेठ महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल बैंकले ब्याजदर केही बढाएका छन्

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)
बैंकको नाम २०८२ जेठ २०८२ वैशाख फरक
नेपाल बैंक ५.४५ ५.१५ ¬०.३०
कृषि विकास बैंक ५.५१ ५.५१
राष्ट्रिय वाणिज्य बैंक
एभरेष्ट बैंक ६.६४ ६.६१ ०.०३
एनआईसी एसिया बैंक ६.६ ६.६
नबिल बैंक ५.७५ ५.७५
नेपाल एसबिआई बैंक ५.५ ५.५
सानिमा बैंक ६.३३ ५.९५ ०.३८
सिटिजन्स बैंक इन्टरनेशनल ५.६५ ५.६५
प्राइम कमर्सियल बैंक ६.२५ ६.२५
कुमारी बैंक ५.७१ ५.९२ –०.२१
एनएमबि बैंक ६.६ ६.६
ग्लोबल आइएमई बैंक
स्टाण्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.५ ६.५ –१
लक्ष्मी सनराइज बैंक ५.७५ ५.७५
सिद्धार्थ बैंक ५.७५ –०.२५
हिमालयन बैंक ५.५ ५.५
माछापुच्छ्रे बैंक
प्रभु बैंक ६.१ ६.१
औसत ब्याजदर ५.९४ ५.९८ –०.०४

शेयर गर्नुहोस