शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा
२०८२ वैशाख २९ गते सोमबार ।
बैंकको खबर । चालु आर्थिक वर्षको नौ महिना (२०८१ साउन देखि चैत)मा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा छ ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब ७८ करोड रुपैयाँ थियो ।