गैरनाफामुलक संघ/संस्थालाई खाता अद्यावधिक गर्न नबिल बैंकको सूचना


२०८२ वैशाख २८ गते आइतबार । 

बैंकको खबर । नबिल बैंकले प्राकृतिक व्यक्ति वा नाफा कमाउने उद्देश्य नराखी स्थापना भएका संघ/संस्थाहरुले मात्र बचत खाता खोल्न सकिने प्रावधान रहेको भन्दै यसअघि संघसंस्थाको नाममा खोलिएका बचत खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले संघ/संस्थाको नाममा खोलिएका बचत खाताहरु सुचारु गर्न गैरनाफामुलक संघ÷संस्था भएको पुष्ठी हुने कागजात सहित नजिकको शाखामा पुगेर खाता अद्यावधिक गर्न आग्रह गरेको हो । 
 

संघ/संस्थाले यसअघि खोलेको बचत खाता गैरनाफामुलक संघ÷संस्था अन्तर्गत नभएको पाइएमा सूचना प्रकाशित भएको १५ दिनभित्र खाता बन्द गर्न पनि अनुरोध गरेको छ । 

शेयर गर्नुहोस