विश्व पौडेलले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा
बैेंकको खबर । गभर्नर सिफारिस समितिको सदस्यबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले गभर्नर सीफारिस समितिबाट राजीनामा दिएका हुन् ।
यसअघि गभर्नरको नाममा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति भएको थियो । त्यसपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कायममुकायम गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरिदिएपछि डा. पौडेलको नाममा सहमति भएको बताइएको छ ।