रेमिट्यान्स आप्रवाह १० प्रतिशत बढ्यो, नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब रेमिट्यान्स
२०८२ वैशाख २८ गते आइतबार ।
बैंकको खबर । चालू आर्थिक वर्षको नौ महिना (साउन देखि चैत)सम्म १९ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको नौ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।