एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा


२०८२ वैशाख २८ गते आइतबार । 

बीमा खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको छ । 

वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सञ्चालक समितिको सो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

शेयर गर्नुहोस